२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिबन्धविरुद्ध सिटीको सुनुवाइ सोमबारबाट

इङ्लिस प्रिमियर लिग साबिक विजेता म्यानचेस्टर सिटीले आफूमाथि युरोपेली प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्धविरुद्ध दर्ता मुद्दामा सोमबारबाट कोर्ट अफ आर्बिटेसन फर स्पोटर्स (सिएएस) मा सुनुवाइ सुरु हुने भएको छ ।

खर्च भएन प्रदेशको खेलकुद बजेट

पहिलो वर्ष खेलकुद पूर्वाधारका लागि विज्ञ टोली गठन गरेर अध्ययन गरिएको थियो । दोस्रो वर्ष बजेट विनियोजन गरियो । बजेट खर्च हुन सकेन । तेस्रो वर्षको नीति तथा कार्यक्रममा यसलाई फेरि समावेश गरिएको छ ।

टोलीको खेल देखेर क्लोप खुसी

इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाइसकेको छ । ३० वर्षपछि लिग उपाधि जित्ने लिभरपुलको अभियान कोरोना भाइरसको महामारी फैलिएसँगै प्रभावित हुन पुग्यो । गत मार्च १३ देखि कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिग स्थगित छ ।

प्रदेशको खेलकुद पूर्वाधारको बजेट खर्च भएन

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्टायो । खर्च गरेन । बजेट निकासा नहुदाँ पूर्वाधारको काम भएन । प्रदेश सरकारले गएको यसैसाता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खेलकुदको पूर्वाधार निर्माणलाई निरन्तरता दिईने उल्लेख छ ।

भत्तामा ५० प्रतिशत कटौती

क्रिकेट वेस्ट इन्डिजले जुलाईमा टेस्ट शृंखलाका लागि सैद्धान्तिक सहमति दिएको छ, तर त्यसका लागि खेलाडी र कर्मचारीको भत्तामा ५० प्रतिशत कटौती गरिने पनि जनाएको छ ।

सोमबारबाट श्रीलंकाली टोली अभ्यासमा

सबैखाले खेलकुद गतिविधि ठप्प भएसँगै स्थगित भएको क्रिकेट अभ्यासका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउँदै अभ्यासमा फर्किने श्रीलंकाको क्रिकेट निकायले जनाएको हो । मार्च १३ तारिखका लागि इङ्ल्यान्डसँग तय भएको खेलतालिका कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

अस्ट्रियामा जुलाईबाट फर्मुला वान

अस्ट्रियाको सरकारले जुलाईबाट फर्मुला वानको सिजन सुरु हुने घोषणा गरेको छ । स्पियलबर्गको रेड बुल रिङमा हुने रेस जुलाई ५ र १२ का लागि तय गरिएको छ र ती दुवै प्रतियोगितामा दर्शकको आगमनमाथि प्रतिबन्ध लगाइएको छ ।

न्याय माग्दै सान्चोको ह्याट्रिक

खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार्ड पाए ।

गण्डकी सरकारले सागका विजेता र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकीका ४० खेलाडीले पदक जितेका थिए । उनीहरूले ४ स्वर्ण, २३ रजत र १६ कास्य पदक जितेका थिए ।

खेलकुदको संस्थागत विकासका लागि आवश्यक कानून तर्जुमा गरिदैं

जिल्ला तथा प्रदेश खेलकुद परिषद रिक्त भएको झण्डै एक वर्ष वित्यो । राजनीतिक नियुक्त हुने जिल्ला तथा प्रदेश खेलकुद परिषद समिति अझै गठन हुन सकेको छैन ।

सेभिया डर्बीबाट ला लिगा सुरु हुने

ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।

जुन २० बाट सिरी ‘ए’

कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् भने टोलीले एकसाथ यसै साता अभ्यास गर्न पाउनेछन् । इटालियन फुटबल संघ (एफआइजिसी) ले अगस्ट २० सम्ममा २०१९—२०२० सिजन सक्ने योजना सार्वजनिक गरिसकेको छ ।

परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ।

पूर्वाधारका लागि ४३ करोड ७० लाख रुपैयाँ माग

यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भन्दै अभिव्यक्ति दिएपछि अन्योलमा परेको खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो ।

खेलक्षेत्रका लागि निराशाजनक बजेट

विश्वभर व्यवसायीकरण हुँदा खेलक्षेत्र एक ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । कयौं राष्ट्रमा त्यहाँको खेलकुदले जिडिपीमा पनि ठूलो प्रभाव पार्नुका साथै ठूलो मात्रामा रोजगारीका अवसरसमेत सिर्जना गर्दछ । विश्वका शक्तिशाली राष्ट्रहरू बेलायत, अमेरिका, चीन, जापान र रसियाबीच खेलक्षेत्रका माध्यमबाट आफूलाई थप सबल देखाउन ठूलो होडबाजी चल्छ । पछिल्ला समय भारतलगायत अन्य धेरै राष्ट्र पनि यसको सिको गर्दै आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्