२० आश्विन २०८१ आइतबार
image/svg+xml

कप्तान र पूर्वकप्तानलाई प्रबल जनसेवाश्री

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित एक कार्यक्रममा नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुदमा पदक दिलाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई पदक प्रदान गरेकी हुन्। यसअघि गत वर्ष असोज ३ गते संविधान दिवसको दिन सरकारले विभिन्न खेलबाट पदक जित्ने खेलाडीलाई पदक प्रदान गर्ने निर्णय गरेको थियो।

जेठ २२ देखि नवौं राष्ट्रिय खेलकुद

लामो इतिहास बोकेका नेपालको राष्ट्रिय खेलकुदको नवौं संस्करण आगामी जेठको चौथो सातादेखि सुरु हुने भएको छ।

खेलकुदमा २०७८: आठ महिना शून्य, चार महिना व्यस्त

त्रासै त्रासको बीचमा रुमलिएको खेलकुदले यो वर्ष फड्को मार्यो। पछिल्लो चारमहिना यता खेलकुदका गतिविधिले गतवर्षको कोभिड–१९ को सन्त्रासलाई ओझेलमै राख्यो। खेलकुद गतिविधिले पोखरालाई खेलकुदकै राजधानी भएको थप प्रष्ट्याईदियो। एकपछि अर्को गरी आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलाडीलाई पनि व्यस्त बनायो। आठमहिना शून्यता रहँदा पुस यता खेलाडीको व्यस्तता बढ्यो ।

विवाद, अपारदर्शिता र गतिविधिविहीन उसु

सागमा खरिद गरिएका थाउलोको ५० लाख बराबर र सान्सौंको ४० लाख बराबरको म्याट महासंघकै लापारबाहीका कारण प्रयोगविहीन भइसकेका छन्। घाम र पानीले गर्दा म्याट कुहिएका छन्।

सुदूरपश्चिम स्पोर्टस अवार्ड प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।

प्रदेश सरकारले हटायो खेलकुद पदाधिकारी

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा गठित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई हटाएको छ। युवा तथा खेलकुद मन्त्रालयले पदबाट हटाउन गरेको सिफारिसलाई आधार मान्दै बिहीबार बसेको मन्त्री परिषद्को बैठकले पदमुक्त गर्ने गरेको हो।

पाेखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।

सिलवालको रिट खारेजः खेलकुदको गतिरोध अन्त्य

मंगलबार सर्वोच्च अदालतले सरकारद्वारा बर्खास्त राखेप सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै नेपाली खेलक्षेत्रमा निकास निक्लिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सदस्यसचिव नियुक्त र बर्खास्तीमा परेको रिटको सुनुवाई गर्दै रिट खारेज गरेको थियो।

भूपेन्द्र पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा आइतबार पराजित भएका छन्।

धावक मानन्धर सम्मानित

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरेका थिए।

गण्डकी प्रदेशः ११ जिल्लाका खेलकुद विकास समितिसँग स्पष्टीकरण

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको छ। मन्त्रालयले चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देश गरेको हो।

रुबिका र दिनेश च्याम्पियन

बाग्मती प्रदेशकी रुबिका खड्का र त्रिभुवन आर्मी क्लबका दिनेश बुढा मगर आइतबार सम्पन्न जिपी कोइराला स्मृति प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम भएका छन्।

कास्कीका ५२ खेलकुद योजनालाई पौने तीन करोड बजेट

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनांगे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्