coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुदूरपश्चिम स्पोर्टस अवार्ड प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा मनोनयनमा परेका क्रिकेटका दिपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। दाहाल यसै वर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरियताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रच्न सफल भएका थिए। वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषानाथ पनि मनोनयनमा परेका थिए। वर्ष प्रशिक्षकको अवार्ड भलिबलका जगदिश भट्टले जितेका छन्। उनको प्रशिक्षणमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो।

यस्तै वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुष) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिला) को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छिन्।

यस्तै क्रिकेटका प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ। उनले डेढ दशकसम्म क्रिकेट प्रशिक्षण गरेर दर्जनौं खेलाडी उत्पादन गरेको थिए। लाइफटाइम एचिभमेन्ट अवार्ड भने लालबहादुर खड्कालाई प्रदान गरिएको छ। छैटौं राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले फुटबलमा स्वर्ण जित्दा उनी प्रशिक्षक थिए।

अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी प्रदान गरिएको छ। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App