१ आश्विन २०८१ मंगलबार
image/svg+xml

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ।

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोशित

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि केन्द्रमा पठाउन नियन्त्रणमा लिएको बताए। साइकल खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिइएको जानकारी अख्तियारका उपसचिव मेघनाथ रिमालले दिए।

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो छापा मारेको छ। टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजपत्र लिएको छ।

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ।

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले वीरगन्जको नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ।

वीपी प्रतिष्ठानमा अख्तियारकाे छापा

आयोगको केन्द्रीय कार्यालय टंगालबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।

पैसाकाे प्रलाेभनमा परेर प्रहरीले नै भगाए जुवाडे

प्रहरीले एक जना जुवाडेलाई पनि समातेन। जुवाडे सँग भएको सबै पैसा लियो। रेस्टुरेन्टको काउन्टर समेत फुटाईयो। प्रहरीले जुवाडेसँग भएको सबै पैसा लिएर जुवाडे सबैलाई भगाएको त्यहाँ सहभागी एक जनाले बताएका छन्। सुरुमा भागेकालाई प्रहरीले बाहिरबाट समातेर भित्र ल्याएर पछि भगाएको उनले बताए।

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन

लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् ।

जनक शिक्षाको छापाखाना डेढ दशकदेखि अलपत्र

गोदामका लागि निर्माण गरिएका भवन प्रयोगविहीन छन्। छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ।

पाँच करोड लगानीमा ‘रेष्टुराँ’

काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ।

छापामार कमान्डरको कृषिक्रान्ति

स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र विष्ट राजनीतिबाट विमुख बनी ‘ड्रागन खेतीमा लागेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लाग्नुभएको ? भन्ने प्रश्नको उनले जवाफ दिए, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’

गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई घूसको अफर!

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

नेसनल मेडिकल कलेजमा ९ घण्टा छापा

वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्