३ आश्विन २०८१ बिहीबार
image/svg+xml

३ करोड लगानीमा माछापालन

कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

उपभोक्ता ठग्ने फर्म कारवाहीमा

उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारवाही थाललिएको हो।

एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ। विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो।

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगा आसपासका फ्रेस हाउसबाट ६८ केजी कुहिएको मासु जफत गरेको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन टोली खटाएको थियो। अनुगमनका क्रममा चन्दननाथ नगरपालिका कालिखोलीका पारस फ्रेस हाउस र दिया फ्रेस हाउसबाट ६८ केजी मासु जफत भएको हो।

युवा विदेश पठाउने कन्सल्टेन्सीमा छापा

सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ।

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिँदै गरेको अवस्थामा विभागको छापा

वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ।

कर छली आरोपमा फन भ्यालीका कागजपत्र नियन्त्रणमा

आन्तरिक राजस्व कार्यालय भक्तपुरले कर छली गरेको आशंकामा काठमाडौं फन भ्याली कम्पनीमा छापा मारेको छ।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

एबिसीमा छापा मारिएको प्रति सर्वत्र निन्दा

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)मा प्रहरीद्वारा छापा मारिएको प्रति प्रसारण संस्थाहरु र अधिकारवादी समूहहरुले निन्दा गरेका छन्।

राजधानीका होटलबाट १२५ जना पक्राउ

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

गोरखापत्रमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको उजुरीपछि गोरखापत्र संस्थानमा छापा मारेको छ।

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

किसान एग्रो केमिकल्स उद्योगमा छापा

जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको एउटा टोलीले वीरगंजका उद्योगी श्यामकुमार तुल्स्यानले संचालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ। छापा हान्ने टोलीमा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधि थिए। टोलीले मंगलवार दिउँसो १ बजे वीरगंज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ।

गाउँमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टालीले छापा हानेर विप्लवका नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्