३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखापत्रमा अख्तियारको छापा

कठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको उजुरीपछि गोरखापत्र संस्थानमा छापा मारेको छ।

आयोगको विशेष टोलीले सोमबार दिउँसो संस्थानमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। गोरखापत्र संस्थानअन्तर्गतका प्रकाशनलाई विस्तार गर्ने नाममा भएका खरिदमा अनियमितता भएको उजुरीपछि आवश्यक कागजपत्र नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

आयोगमा सिसी क्यामेरा÷मनिटरिङ बोर्ड, न्युजप्रिन्ट प्लेट, कम्प्युटर, कार्यालय रंगरोगन÷सजावट, प्रदेश स्तरीय कार्यालय व्यवस्थापन लगायतमा बोर्ड बैठकबाट पारित नगरी गैरकानुनी भुक्तानी दिएको उजुरी परेपछि आयोगले संस्थामाथी छानबिन थालेको छ। आयोगले उक्त प्रकरणमा निर्णय तहमा रहेका संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रेस तथा प्रशासन सल्लाहकार टिकाराम राई लगायतमाथी छानबिन भइरहेको जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७५ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App