१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

नगरकोटमा आध्यात्मिक प्रशिक्षण केन्द्र स्थापना

भक्तपुरको नगरकोटमा आध्यात्मिक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा १७ रोपनी क्षेत्रफलमा व्रम्हकुमारी ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टर (आध्यात्मिक प्रशिक्षण केन्द्र) सञ्चालनमा ल्याइएको हो ।

ज्ञानको मात्र नभई योग, प्रेम र शान्ति सरोवर भएको तथा सम्पूर्ण नेपाल नै शान्तिदूत बुद्ध, माता सीता एवम् देव भूमि, ऋषि भूमि भएको र शान्ति र प्रेमकोे तरंग यहाँबाट सम्पूर्ण संसारमा फैलिरहेको संस्थाको दाबी छ ।  

संस्थाका वरिष्ठ राजयोगी ब्रह्माकुमार तिलकले संस्था र नवनिर्मित ज्ञानसरोवर परिसरबाट स्थानीयवासीलगायत आन्तरिक एवं बाह्य आगन्तुकहरुको विचार व्यवहार र जीवनमा सकारात्मक प्रभाव र प्रेरणा प्राप्त हुने बिश्वास व्यक्त गरे । राष्ट्रकै निम्ति शान्ति, अध्यात्म, भाइचारा र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने एक अत्यन्तै महत्वपूर्ण कडीका रुपमा रहने भएकोले यो कार्यको सुरुवात गरेको उनले बताए । यसस्थानको आध्यात्मिक सकारात्मक उर्जा तरंग र आयोजित विविध कार्यक्रमहरुबाट स्थानीयवासीका साथै समस्त नेपाललगायत छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आगमन हुने शान्तिकामी, आध्यात्मिक जिज्ञासु एवं ध्यान साधना र प्रकृतिप्रेमी आगन्तुक पर्यटकहरु लाभान्वित हुने विश्वास उनको छ ।  

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादी माँ, राजयोगी ब्रह्माकुमार रामसिंह ऐरले यो स्थान ध्यान साधना अध्यात्म विज्ञान र शिक्षाको त्रिवेणीको रुपमा स्थापित भएको बताए । महान योगी तपस्वी आत्माहरुको ऐतिहाँसिक समागममा ब्रह्माकुमारी नेपालको इतिहासमा यो एक नवीन र अत्यन्त महत्वपूणर् अध्याय भएको उनीहरुको भनाई छ । 

ब्रह्माकुमारी नेपालका निर्देशक राजयोगिनी राज दादी माँले स्वयं प्रेम ज्ञान गुण र शक्तिका सागर निराकार परमात्मा शिवबाबाले प्रजापिता ब्रह्माबाबाको साकार माध्यमबाट जनजनको कल्याण गरी एक सुख शान्ति र भाईचाराको दुनिया स्थापना गर्ने कार्य गर्दै आइरहेको बताइन् । परमात्माको ईश्वरीय ज्ञानबाट लाखौं मानव आत्माहरुको जीवनमा सकारात्मक परिवर्तन देखापरेको उनले बताइन् ।

प्रकाशित: १२ मंसिर २०८१ १९:१३ बुधबार