४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन मेनपावरमा छापा

कानुनविपरीत कामदार छनोटमा जुटेका तीन मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनी रूपमा दर्ता भएका संस्थाले कानुन विपरीत काम गरेको पाइएपछि छापा मारिएको बताए । ‘प्रारम्भिक रूपमा हेर्दा ती संस्थाले कामदार छनोट गर्नुअघि विज्ञापन नगरेको, अन्तर्वार्ताका लागि अनुमति नलिएको लगायतका काम गरेको पाइएको छ,’ उनले भने । ती मेनपावरले खाडी मुलुकमा श्रमिक पठाउने गर्थे । ती मेनपावरले करिब दुई हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको अनुमान गरिएको छ । यसबारे विस्तृत छानबिन भइरहेको महानिर्देशक दाहालले बताए ।

प्रकाशित: १० मंसिर २०७७ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App