४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन्।

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।

मुक्तिनाथ र पर्वतारोही लाक्पाबिच सम्झौता

मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देन्डी शेर्पाबिच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

गाउँपालिकाको अभिभारा खेलाडीको हातमा

पर्वतको पैंयु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठुकरी(राज)ले पदभार ग्रहण गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने उद्घोष गरेका छन्। आफू चुनावी प्रचारमा देखेको वृद्धवृद्धाको पीडालाई बुझ्नुपर्ने भन्दै अध्यक्षको कुर्सीमा बसेपछि निर्णय गरेको उनले बताए।

पर्वतका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन सकेका छैनन्। सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन्।

पर्वतलाई प्राथमिकता

विश्वका अर्बाैँ मानिसको स्वच्छ पिउने पानीको स्रोत पर्वतीय क्षेत्र हो। यही पर्वतीय क्षेत्रबाट बग्ने नदीले सिँचाइ तथा जलविद्युत् परियोजना सञ्चालनका लागि आवश्यक पानी उपलब्ध गराउँछन्।

काेराेना सङ्क्रमण शून्य जिल्ला बन्याे पर्वत

हिजाे थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन्।

चाइना रेल्वे कम्पनीको मनोमानीः चुरे फेदीका खोलामा अनियन्त्रित दोहन

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोलामा जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँका स्थानीय टीकाबहादुर राउत बताउँछन्।

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।

तीन हजार पर्यटन मजदुरलाई राहत

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त घोषणा गरिएको छ। अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए।

पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। स्याङ्जा सभापतिमा राजु थापा बिजयी भएका छन्।

विश्ववारा मानवसंस्कृतिको विकासमा प्राचीन आर्य

यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।

दोबिल्ला–फलेवास सडक बन्द, दक्षिण पर्वतवासीलाई सास्ती

वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दालाई समस्या भएको छ।

विकास ओसार्दै कर्णाली सडक

स्थानीय भन्छन्– मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्। कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहर कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्