७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

काेराेना सङ्क्रमण शून्य जिल्ला बन्याे पर्वत

पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ। सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो।

पहिलो, दोस्रो र तेस्रो लहरमा सङ्क्रमित भएकामध्ये सबै सङ्क्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।  

हिजाे थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन्।

तेस्रो लहरमा एक हजार ६५७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर परीक्षणमा २८ जना र एन्टिजेन परीक्षणबाट ७८६ जनामा पोजेटिभ देखिएको थियो।

तेस्रो लहरमा पर्वतमा दुई जनाले ज्यान गुमाएका छन् भने हालसम्म जिल्लाभर कोरोना सङ्क्रमणबाट ७९ जनाले ज्यान गुमाएका छन्। पर्वतमा कोरोना पोजेटिभ हुनेदर झण्डै ४९ प्रतिशतसम्म पुगेको थियो।

स्वास्थ्य कार्यालय पर्वतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण रेग्मीले अहिलेको लहर जिल्लामा नियन्त्रणमा आए पनि फेरि फैलनसक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने बताए। रासस

प्रकाशित: २६ फाल्गुन २०७८ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App