७ वैशाख २०८१ शुक्रबार
अर्थ

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्। नेपाल पर्वतारोहण संघले आयोजनना गरेको सपथ ग्रहण तथा पदक हस्ताणतरण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्न पर्यटन क्षेत्रको उल्लेख्य भूमिका रहेको बताउँदै यस क्षेत्रको ऐन संशोधन, परिमार्जन तथा प्रवर्द्धनको निम्ति राज्यको भूमिका कमजोर भएको बताए। उनले पर्यटन क्षेत्र कहिल्यै खाली नहुने, नरित्तिने र नसकिने भएको बताउँदै भने, ‘यो जति खर्च गर्‍यो त्यति बढ्छ, अरूचाहिँ खर्च गर्दै गए घट्दै जान्छ।’

पर्यटन क्षेत्रमा देखापर्ने कार्यविधि र नयाँ समितिसँग सम्बन्धित जटिल विषयमा आफ्नो सहजकर्ताको भूमिका सार्थक भएको बताउँदै यस क्षेत्रले सामाजिक रूपान्तरणको अभियानलाई समेत मदत गरेको बताए।

आफू प्रधानमन्त्री तथा पार्टी सरकारमा हुँदा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा भएको कार्यप्रति आफै पनि सन्तुष्ट नभएको बताउँदै उनले अब भने मुलुकप्रति गम्भीर र संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए। अझै पनि राज्यको भूमिका कमजोर भएको बताउँदै उनले आफू व्यक्तिगत रूपमा पर्यटनको विषयलाई लिएर सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए। 

प्रकाशित: १२ असार २०७९ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App