३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बाइस वर्षदेखि अस्पताल बन्द

सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्त अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन्।

पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन्।

पर्वतमा चितुवा मृत फेला

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धान खेतमा आज चितुवा मृत फेला परेको हो।

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

हेलिकोप्टर पर्वतीय उडानमा रोक

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

अन्नपूर्ण हिमालबाट भारतीय पर्वतारोही जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ।

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्