१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्वतमा चितुवा मृत फेला

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धान खेतमा आज चितुवा मृत फेला परेको हो।

स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन्। डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिनअघि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ। पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए। दुईवटाको उद्धार गरिएको थियो।

प्रकाशित: १५ भाद्र २०८० ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App