२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्नपूर्ण हिमालबाट भारतीय पर्वतारोही जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ। आरोहणका क्रममा हराएकी भारतीय पर्वतारोही बलजित कौरलाई चमत्कारी मोडमा उद्धार गरिएको हो।

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको ७ हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत मंगलबार दिउँसो उद्धार गरिएको उद्धार टोलीले जनाएको छ। जीवितै उद्धार गरिएकी कौर भारतीय पर्वतारोहीमा प्रख्यात छिन्।

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ।

एक हवाई खोज टोलीले पूरक अक्सिजन प्रयोग नगरी हिमाल चढेको कौरलाई फेला पारेको थियो। आरोहणका क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो।

जीवितै उद्धार हुने सम्भावना न्यून रहेको अवस्थामा एक्कासि देखिएपछि उद्धार गरिएको टोलीमा सहभागी म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्, ‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौं’, शेरचनले भने।

एक हवाई खोज टोलीले पूरक अक्सिजन प्रयोग नगरी हिमाल चढेको कौरलाई फेला पारेको थियो।

‘तत्काल मद्दत’ माग्न रेडियो सिग्नल पठाएपछि मंगलबार बिहान एउटा हवाई खोज अभियान सुरु गरिएको थियो। यसैबीच ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ।

 सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन्। म्याग्दीमा ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। यस वर्ष अन्नपूर्णमा आरोहण गर्नेको आकर्षण देखिएको छ।

प्रकाशित: ६ वैशाख २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App