१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

फाइल तस्वीर

पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ। गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउन जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले बताए।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँ पुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन्।

अहिले पनि यस क्षेत्रमा वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ।  

प्रकाशित: ९ असार २०८० ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App