५ आश्विन २०८१ शनिबार
image/svg+xml

बैतडीमा राहदानी बनाउने धेरै, नागरिकता बनाउने कम

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको घटेको छ भने राहदानी बनाउने बढेको पाइएको छ।

‘थापालाई स्पष्टीकरण सोध्नु अख्तियार दुरुपयोग’

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग रहेको मिडिया एलाइन्स नेपालको ठहर छ।

विदेशीलाई जथाभावी नथुन्न परमादेश

सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णयविरुद्ध परमादेशको आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विदेशी नागरिकलाई काठमाडौं सुन्धाराको जगन्नाथदेवल कारागारमा कानुनविपरीत थुनेको भन्दै आफ्नै देश फिर्ता पठाउने गरी परमादेश जारी गरेको हो।

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।

कर्मचारीको गल्ती नागरिकलाई सास्ती

सरकारी कार्यालयका कमजोरीका कारण नागरिकले भोग्नुपरेका हैरानी र आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक क्षति भनिसाध्य छैन।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ।

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताएका छन्।

नेपाल-बंगलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउन जोड

नेपाल र बंगलादेशबीच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पु¥याउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

आममाफीमा रोक

राजनीतिक नेतृत्वबाट भएका निर्णयले पटक–पटक विवादमा पार्ने गरेको छ। विशेषगरी राजनीतिक समर्थन पाइरहनका निम्ति आफूले चाहेजस्ता निर्णय गर्ने बानी बसेको छ। यस्ता निर्णय गर्दा संविधान, कानुन र मान्य परम्परामा ध्यान दिन सकेको देखिएको छैन।

प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटायो

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन्।

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर नगरिएको प्राधिकरणको दाबी

नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ।

कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्