१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर नगरिएको प्राधिकरणको दाबी

नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ।

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो।  

प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए।

उनले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए। जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको उनको भनाइ छ। उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैंभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए।

उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए। उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा  प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए।

उनले भने,‘दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरुको भिएफआर उडान हुने ठाउँमा पहाडमा ठोकिएर धेरै दुर्घटना भएका छन्। यस्ता दुर्घटना न्युनिकरण गर्नका लागि जल तथा मौसम विज्ञान विभागको एउटा अध्ययन अनुसार र विमानस्थल निर्देशिका २०७९ अनुसार जुन ठाउँको अप्रेसन आउट जे छ त्यही अनुसार उडान गर्ने अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको छ। यसअधि मनाङ एयरको विमान दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको लागि सधैँभरीको लागि नभएर मनसुन अवधिभरका लागि भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु जहाँ तत्काल आइएफआर गर्ने सम्भवना छैन। विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने भनेर साउन १९ गते प्राधिकरणले निर्णय गरौं। त्यसपछि बिहान कहिलेकाँही मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा बिहान प्राधिकरणले तोकेको समयमा उडान भएन दिउँसोको समयमा मौसम राम्रो हुने र बिग्रने गर्दा पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउनु हुँदैन। दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था भयो। जनताको सहजताको लागि बनाएको हवाई उडानबाट मान्छेहरु मर्न नपरोस्। जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको हो। विमानस्थल बन्द गरेको होइन। नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गरेको हवाई क्षेत्र र हिमाली पर्यटन छ। हिमाली पर्यटन भनेको माउण्टेन हवाई उडान हो। माउण्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनिकरण हुनुपर्छ। यसको लागि हवाई सुरक्षाका नियमहरु लागू गर्नुपर्छ। भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्नुपर्छ। यो निर्णय कुनै क्षेत्र र जनतालाई आग्रहपूर्वाग्रह राखेर गरेको निर्णय होइन।’

प्रकाशित: ३२ श्रावण २०८० ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App