२५ पुस २०८१ बिहीबार
image/svg+xml

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

एकातिर लेखपढ गर्ने र आफ्नो ‘करिअर’ बनाउने चुनौती, अर्कातिर चार बहिनी र दुई भाइको अभिभावकत्व वहन गर्नुपर्ने दायित्व । बाबुआमाकै मृत्यु भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङकी १६ वर्षीया बुङाटुङ (सुइमा) चामलिङको कलिलो काँधमा यस्तो चुनौती र दायित्व एकैसाथ आइलागेको हो।

बाल संरक्षणमा अभिभावक नै सचेत हुनुपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन्।

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

बिदाको कुरा सुन्नेबित्तिकै प्रायः बालबालिका खुसीले फुर्किन्छन् । अझ २०–२५ दिनको बिदा आयो भने त उनीहरूमा खुसीको सीमा रहन्न । छुट्टी रे छुट्टी भन्दै खुट्टो उचालेर नाच्न पो थाल्छन् ! यता अभिभावकलाई भने बालबालिकाको बिदा भयो भन्ने सुन्नासाथ टाउको दुखाइ सुरु हुन्छ।

अभिभावकविहीन बालबालिकालार्इ उपमेयरको सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफ्नो पारिश्रमिकबाट अभिभावकविहीन बनेका बालबालिकालाई अार्थिक सहयाेग प्रदान गरेकी छन्।

अकुण्ठित अधिकार

राज्य अभिभावक हो। जब अभिभावकबाट अन्याय हुन थाल्छ, तब नागरिक निरीह हुन्छन् । राज्यका कुनै निकाय र त्यसका पदाधिकारीको भूमिकाबाट नागरिक अधिकार कुण्ठित हुने अवस्था आउनु यथार्थमा लोकतान्त्रिक व्यवहार होइन । लोकतान्त्रिक राज्यले नागरिकमाथि सकेसम्म अन्याय नहोस् भन्ने सोच बनाउँछ ।

प्रेमिल अभिभावक

म पोखरा आउनुअघि प्रकट पगेनी ‘शिव’ नामसँग खासै परिचित थिइनँ । ५० सालअघि मेरो पोखरा आवतजावत भइरहे पनि विधिवत रूपमा मेरो पोखरा बसाइँ भने ५० सालमा पृथ्वीनारायण क्याम्पसमा आइकममा भर्ना भएदेखि हो ।

असल अभिभावक कसरी बन्ने ?

आफ्ना नाति–नातिनी, छोरा–छोरी, भाइबहिनीका लागि हजुरबुवा–हजुर आमा, बाबु–आमा, दाइ–दिदी र स्कुल जाने बच्चाका हकमा शिक्षक–शिक्षिका सबै अभिभावक हुन् । अभिभावक भएपछि आफूभन्दा सानालाई आफूले गर्नुपर्ने माया, पालनपोषणमा दिनुपर्ने पर्याप्त समय, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा भएको छ छैन ख्याल गर्नुपर्ने हुन्छ ।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

अभिभावकले थुने कर्मचारी

कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्।

विद्यार्थीका लागि निःशुल्क, अभिभावकलाई सशुल्क

बिहानैदेखि पानीका जार र गेलनको लाइन लागेको छ । कोही काँधमा त कोही सवारी साधनमा पानी बोकेर फर्किंदैछन्। यसरी लाइन लागेको ठाउँ कुनै सार्वजनिक धारा वा कुवा होइन । यो त सिफलस्थित बालव्यवसायी माध्यामिक विद्यालय हो। यहाँ शिक्षा लिन बालबालिका मात्रै होइन, शुद्ध पानी लिन अभिभावक र टोलवासी यसरी नै बिहानैदेखि लाइन लाग्छन्।

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित भगवती दिनानाथ माविमा कक्षा २ मा अध्ययनरत छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गरेकी हुन्। सांसद राईले उक्त बालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गरेकी हुन्।

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन्।

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।

हजारौं महिलाकी ‘अभिभावक’

फराकिलो हलको चारैतिर धागो र धागोबाट बनेका हाते सामाग्री झुन्ड्याइएका छन् । धागोको चाङनजिकै बसेका महिलाहरू धमाधम काम गरिरहेका छन् । कतिपय धागो रंगाउँदै छन् भने कोही धागो कात्न, सिलाउन र तानमा कपडा बुन्न व्यस्त छन् । झट्ट हेर्दा लाग्छ– कसैलाई पनि गफ गर्ने फुर्सद छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्