९ श्रावण २०८३ शनिबार
image/svg+xml
दीपक समीप
दीपक समीप

दीपक समीपका लेखहरु :

स्वभाव नै खुला आकाश भएपछि, बेकार किन यो शिर झुकाउनु छ?

न आँगनमा बिस्कुन सुकाउनु छ, न यहाँ केही स्वार्थ नै लुकाउनु छ। स्वभाव नै खुला आकाश भएपछि, बेकार किन यो शिर झुकाउनु छ?

ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ!

आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर, आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर। ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ, एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।

सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ

मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ, भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ। श्रीमानकै लागि भनी व्रत बस्ने श्रीमतीको, सर्वत फलफुल खुवाएर अनसन तोड्नुपर्छ।

घाटका लागि छुट्याइएको बजेट पनि खाए!

दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।

म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ

म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ, भर्दै प्रेमिल रङ सिँगारेर यो सिंहासन चलाउनुपर्छ।

भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!

भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्। यो देश बेची खाने दलाल तस्करहरूकै, झोले बनी सधैँभरि तिनकै शरण पर्नुस्।

धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ!

नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र, धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ।

सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा!

सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा, जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा। छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने, सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

कहिले जुटेका छन् कहिले फुटेका छन्,जनतालाई चिउरा कुटेझैं कुटेका छन्!

कहिले जुटेका छन् कहिले फुटेका छन्, जनतालाई चिउरा कुटेझैँ कुटेका छन्। यो त खुला जबर्जस्ती भएन र हजुर, नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।

खण्डहर

भुइँचालो गएको पनि धेरै वर्ष भइसकेको छ। ढलेको धरहरा अहिले ठडिइसकेको छ। तर कृपाको मन भने अझै खण्डहर नै छ।

किसान महिलाको पहिचान

खेतीपाती, घर व्यवहार चलाउनका निम्ति १८ घण्टा काममा खट्छन् महिला। त्यति मात्र हैन, बच्चा जन्माउँछन् तर प्रजनन स्वास्थ्य र हकमा अनभिज्ञ छन्।

वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!

यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्