अर्पण
शारीरिक तन्दुरुस्तीका लागि बिहान एक डेढ घन्टा हिड्ने मेरो बानी छ। यो मेरो वर्षौंदेखि चलिरहेको नियमित कार्य हो।

न आँगनमा बिस्कुन सुकाउनु छ, न यहाँ केही स्वार्थ नै लुकाउनु छ। स्वभाव नै खुला आकाश भएपछि, बेकार किन यो शिर झुकाउनु छ?
आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर, आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर। ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ, एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।
मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ, भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ। श्रीमानकै लागि भनी व्रत बस्ने श्रीमतीको, सर्वत फलफुल खुवाएर अनसन तोड्नुपर्छ।
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।
म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ, भर्दै प्रेमिल रङ सिँगारेर यो सिंहासन चलाउनुपर्छ।
सबलाई आशीर्वाद दिऊन माता भवानीले, प्रकृतिले हरदम हरपल गाओस् बडादसैं।
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्। यो देश बेची खाने दलाल तस्करहरूकै, झोले बनी सधैँभरि तिनकै शरण पर्नुस्।
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र, धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ।
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा, जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा। छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने, सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।
कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।
कहिले जुटेका छन् कहिले फुटेका छन्, जनतालाई चिउरा कुटेझैँ कुटेका छन्। यो त खुला जबर्जस्ती भएन र हजुर, नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
