बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?

कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व, धर्म, कर्म, ध्यान र भक्ति उपासना तीज पर्व। जोगाउँदै परम्परा जागरण गीत घन्काउने, नारीहरूको आत्मसम्मान हो गहना तीज पर्व।
आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर, आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर। ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ, एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।
मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ, भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ। श्रीमानकै लागि भनी व्रत बस्ने श्रीमतीको, सर्वत फलफुल खुवाएर अनसन तोड्नुपर्छ।
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।
म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ, भर्दै प्रेमिल रङ सिँगारेर यो सिंहासन चलाउनुपर्छ।
सबलाई आशीर्वाद दिऊन माता भवानीले, प्रकृतिले हरदम हरपल गाओस् बडादसैं।
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्। यो देश बेची खाने दलाल तस्करहरूकै, झोले बनी सधैँभरि तिनकै शरण पर्नुस्।
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा, जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा। छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने, सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।
