२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छिन्।

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

राजेश हमाल बने राज थारुका अभिभावक

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन्।

चेपाङ्ग र तामाङ बालबालिकाको मुख्यमन्त्री अभिभावक

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन्। मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन्।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना आकाशका अभिभावक

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षिया आकाश परियारलाई विद्यालय भर्ना गरेका छन्। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्वअभिभावकत्व ग्रहण गरेका हुन्।

प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्।

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएका छन्। यादवले कलैया उपमहानगरपालिका १२ शीतलपुरकी ४ वर्षीया प्रियाकुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय शीतलपुरको बालविकास कक्षामा आइतबार भर्ना गराएका हुन्।

अभिभावक सहायता कार्यक्रमले ४ लाख बालबालिका समेट्ने

विद्यालय जाने उमेर (५–९ वर्ष) समूहका विद्यालयको पहुँचबाहिर रहेका ४ लाख १ हजार ४ सय ९६ बालबालिकालाई विद्यालयभित्र ल्याउने गरी सरकारले यस वर्षको विद्यालय भर्ना अभियान सुरु गरेको छ।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अस्मिताको अभिभावकत्व ग्रहण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन्।

मुख्यमन्त्री गुरुङबाट २ विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्।

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सीमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको छ।

‘विकासप्रेमी अभिभावक गुमायौँ’

‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद गर्नेछन्।’ आफू यातायातमन्त्री छँदा सडक पूर्वाधार विकासमा गरेको योगदानको फेहरिस्त सुनाउँदै उनले भनेका थिए, ‘छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख, सल्यान–मुसीकोट, कटारी–ओखलढुंगालगायत सडकको विकासले मेरो याद गराइरहनेछ।’

अभिभावकप्रति समर्पित कार्यक्रम निःशुल्क

नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा पाउने भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकले जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ उक्त कार्यक्रम अघि सारेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्