९ मंसिर २०८१ आइतबार
image/svg+xml

पग्लिरहेका हिमाल सम्हाल्ने कसले?

विश्वका पर्वतीय तथा ध्रुवीय क्षेत्रमा हिउ (बरफ) जम्नु र पग्लनु प्राकृतिक प्रक्रिया मान्न सकिएला तर मानवीय गतिविधिका कारण जुन तीव्रतामा यो प्रक्रिया अगाडि बढेको छ, चिन्ता र चुनौती त्यहीँ छ।

साहसी युवन्तिकाको सगरमाथा सपना

सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङ प्रायः साहसी काम गर्न रुचाउँछिन्। कहिले उनी ह्याब्भी मोटरसाकइल हाँक्छिन्, कहिले खेलकुदमा भिड्छिन्। गाउँ–समाजमा कोही हेपिएको, अन्यायमा परेको थाहा पाए त्यसविरुद्ध आवाज उठाउँछिन्। कोही समस्यामा परेको थाहा पाए सहयोग गर्न लागिपर्छिन्।

सगरमाथा सिमेन्ट २५ केजीको प्याकमा पनि

घोरही सिमेन्ट इन्डस्ट्रीले उपभोत्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपिसी सिमेन्ट २५ केजीको हाफ प्याकमा ल्याएको छ।

आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर

खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका हिमाल आरोही युवराज नाछिरिङले विश्वको सर्वोच्च शिखर सगरमाथामा किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई तीन लाखको चेक

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे।

सगरमाथा आरोहणः दोश्रो आधारशिविरमै रोकिए एक सय आरोही

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी र विदेशी आरोही खराब मौसमका कारण बीचमै रोकिएका छन् । आरोही र उनीहरुका सहयोगी सहित झन्डै एकसयजना दोश्रो शिविरमा रोकिएको खटिएका सम्पर्क अधिकृतले जानकारी दिएका छन् ।

दुई वर्षअघि मृत्यु भएका आरोहीको सगरमाथा क्षेत्रमा शव फेला

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ। विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ।

एकै दिन १ सय ५० आरोही सगरमाथामा

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो।

जलवायु परिवर्तन अभियान सञ्चालन गर्दै बाबुछाेराले गरे सगरमाथाको सफल आरोहण

आफ्ना १६ वर्षीय छोरा सोनाम सहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४३ वर्षीय पिके शेर्पाले जलवायु परिवर्तन अभियान अन्र्तगत आइतवार बिहान(२०२२ मे २३) ८ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका छन्।

चीनले सगरमाथा आरोहणमा लगायो रोक

नेपालमा नयाँ भेरियन्टसहितकाे कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले विश्वकै अग्लाे शिखर सगरमाथाको आरोहणमा रोक लगाएको छ। सिन्वा न्यूज एजेन्सीका अनुसार चीनले शुक्रबार यस विषयमा सूचना जारी गरेको छ।

एक सय ७० आरोही सगरमाथा शिखरमा

महामारीको पहिलो लहरले गत वर्ष कुनै आरोहण हुन नसकेको सगरमाथामा दोस्रो लहरले भने कुनै असर नगरेको सगरमाथा आधार शिविरबाट बिहीबार राजधानी फर्किएकी विभागकी निर्देशक मिरा आचार्यले बताएकी छन्।

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्‍यो

बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ बजेर ४० मिनेट जादाँ सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहणमा कोटा

विभागले एक सूचना जारी गर्दै निर्देशन जारी गर्दै एक सय ५० देखि एक सय ७० जनालाई मात्रै आरोहण गर्न दिने जनाएको हो। विगत वर्षमा मौसम अनुकूल भएको बेला सबै आरोही एकैपटक आरोहणमा जाँदा ट्राफिक जाम भएपछि यस वर्षको वसन्त ऋतुमा नयाँ निर्देशन जारी गरेको विभागले जनाएको छ।

सगरमाथा चढ्न ३१ जना तयार

यस वर्ष वसन्त ऋतुमा चीनतर्फबाट सगरमाथा आरोहण नहुने भएपछि नेपालबाट आरोहण गर्नेको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण गत वर्ष कुनै पनि आरोहण हुन नसक्दा ठूलो नोक्सानी भोगेको पर्वतीय पर्यटन क्षेत्रमा अहिलेको स्थितिले आस जगाएको पर्यटन विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्