४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई तीन लाखको चेक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथा आरोहण दललाई सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रकृति जोगाऔं महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबुछोरालाई सहयोग गरेको हो।

बैंकले बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे।  

गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए।  

फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात महादेश र पाँच समुद्रको सफाइ विश्वकै पहिलोपटक गर्ने बताएको छ।

प्रकाशित: १ असार २०७८ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App