२३ फाल्गुन २०७७ आइतबार

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।

सगरमाथाको नाप र नामकरण

कहिलेकाहीँ अरूबाट हुने व्यवहारले हामी सार्वभौम छैनौँ कि जस्तो लाग्ने गर्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाहिरियाले गरेको खटनपटन देख्दा हाम्रो अर्थनीति, शिक्षानीति, कृषिनीति, औद्योगिकनीति, स्वास्थ्यनीति आदि हाम्रो धरातलमा उभिनुुपर्नेमा उनीहरूको रुचि अनुसार भइरहेको देखिन्छ। उनीहरूको प्रयोगशालाको जस्तो देखिन्छ। अतिथिलाई देवतुल्य मान्ने नेपालीको स्वभाव नै हो। हामीले कहिलेकाहीँ अतिथिलाई यति सम्मान गर्दछौँ, अतिथिले अनुमान नै गरेको हुँदैन।

जी न्युजको स्पष्टिकरण : सगरमाथा नेपालकै हो, तर भारतले 'माउन्ट सिकदर' नै भन्नुपर्छ

सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको छ।

सगरमाथाबारे जी न्यूजको आपत्तिजनक सामाग्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएर चर्चामा आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाबारे तथ्यहीन सामाग्री प्रसारण गरेका छन्।

कसरी भयो सगरमाथाको उचाइ मापन ?

२०७६ जेठ ८ गते बिहान ३ वजे नापी विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्की सगरमाथाको चुचुरोमा पुगे। ४२ दिनअघि सगरमाथाको उचाइ नाप्ने जिम्मेवारीसहित त्यसतर्फ लागेका उनीहरूका लागि ऐतिहासिक दिन थियो।

सरकारको ढिलासुस्ती, सगरमाथा मापन गर्ने टोलीले अझै पाएन पुरस्कार रकम

सर्वोच्च शिखर सगरमाथाको उचाई मापन नेपाली प्राविधिक टोलीले सम्पन्न गर्यो। २०७२ को भूकम्पपछि सगरमाथाको उचाईमा बदलाव आएको हुनसक्ने अनुमान गरिएको थियो। अनुमान जस्तै सगरमाथाको उचाई केही बढेको पाइयो।

नयाँ उचाइको रणनीतिक प्रतीकात्मकता

मंसिर २३ मा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरे। यो उचाइ यसअघिको भन्दा ८६ सेन्टिमिटरले बढी छ। सामरिक, राजनीतिक र आर्थिक विकासको पृष्ठभूमिका यो संयुक्त घोषणाले तीन हिसाबले रणनीतिक महत्व राख्छ।

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

नेपालले आफैं गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको हो। मंगलबार नेपाल र चीनले एकै पटक सगरमाथाको नयाँ उचाइबारे औपचारिक घोषणा गरेका छन्।

सगरमाथाको नयाँ उचाई ८८४८. ८६ मिटर

सगरमाथाको उचाई थोरै बढेको छ। नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको नयाँ उचाई अनुसार सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८. ८६ मिटर रहेको छ।

सगरमाथाको उचाइ थोरै बढ्यो

नेपालले आफै गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरभन्दा घटेको पाइएन।

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने

आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् ।

सगरमाथाको उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गर्ने

करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।

पहिलो विदेशी टोलीद्वारा सफल आरोहण

सगरमाथा आरोहण तयारीका लागि नेपाल आएको बहराइनी राजकुमारको टोलीले लुबोचे र मनास्लु हिमालको सफल आरोहण गरेको छ।

मानव पाइलाले चुमेनन् शिखर

आर्थिक सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पदयात्रा र पर्वतारोहणमा जान्छन्। तर सन् २०२० मा अहिलेसम्म नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला पुग्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्