१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

दुई वर्षअघि मृत्यु भएका आरोहीको सगरमाथा क्षेत्रमा शव फेला

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ। विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ।

मृत्यु भएका समयमा उनको उद्वारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो। वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्वार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए। अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्वारको प्रयास भइरहेको बताइएको छ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए।

प्रकाशित: १० जेष्ठ २०७८ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App