६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सुत्केरीलाई उपाध्यक्षको कोसेली (अपडेट)

सुत्केरी महिलाको पोषण सुधार्न शिवना गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रम सुरु गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम संचालन गरेको हो । पोषिला खानेकुरा भएको झोला कोसेलीको रुपमा दिन थालेको हो ।‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।

लापरबाहीले कोभिड–१९ को मृत्युदर बढ्दो

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।

साढे तीन घण्टामा एकको मृत्यु

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्युदर मुख्य चुनौती देखिएको छ ।

लकडाउनमा शिशु मृत्युदर बढ्यो

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा स्वास्थ्य संस्थामा हुने शिशुको जन्ममा ५२।४ प्रतिशतले कमी आएको छ। नवजात शिशु मृत्युदर र र मृत शिशु जन्मदर भने बढेको छ। यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको छ।

कोरोना मृत्यु अभिलेख संख्या छ, पहिचान छैन

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुने चारजना थिए। तीमध्ये बाराका दुई र रौतहटका एक गरी तीनजनाको बेग्लाबेग्लै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने एकजनाको ठेगाना खुलेको थिएन। अहिले लक्षणसहितको कोरोना संक्रमित देखिन थालेपछि मृतकको संख्या बढिरहेको हो।

'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घ्यू, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।

नेपालमा कोरोना मृत्युदर किन कम ?

स्वास्थ्य क्षेत्रका विज्ञ नेपालमा संक्रमितको तुलनामा धेरै नै कम दरमा मृत्यु हुनु सुखद संयोग मान्छन्। उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउँछन्।

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।

अमेरिकीको औसत आयु घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ।

स्वास्थ्य सेवाको स्वास्थ्य

पछिल्लो समय नेपालमा मातृ मृत्युदरमा आशातित रूपमा कमी आउन नसकेको समाचार प्रकाशमा आएबाट सम्बन्धित निकाय चिन्तित हुन पुगेको छ। त्यसो त २० वर्ष अगाडिसम्म नेपालमा मातृ मृत्युदर (५४३ प्रतिलाख महिला) निकै बढी थियो।

प्रभावकारी भएन सुरक्षित मातृत्व कार्यक्रम

नेपाल सरकारले २२ वर्षअघि सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेपछि घटेको मातृशिशु मृत्युदर सन्तोषजनक रुपमा घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्