हिरासतमा राखेकै छैनौ : प्रहरी
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका आरोपितले आत्महत्या प्रयास गरेको घटनामा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको छ। पीडित, प्रहरी र सरोकारवालासँग छलफल गरेर पाँच बुँदे सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
राज्यविरुद्ध अपराध गरेको आरोपमा पक्राउ गरी हिरासत लिइएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीले आफूहरुलाई यातना दिएको बताएका छन्। थुनछेक बहसको क्रममा बुधबार सिन्धुपाल्चोक जिल्ला अदालतमा प्रस्तुत गरिएका उनीहरुले आफ्ना कानुन व्यवसायी र सञ्चारकर्मीसँग प्रहरीले यातना दिने गरेको बताएका हुन्।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी सोमबार स्वयं कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतमा उपस्थित जिसीलाई कञ्चनपुर प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन्। ‘अदालतले पठाएकाले जिसीलाई हिरासतमा राखेका छौं,’ उनले भने।
चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट मंगलबार कन्चनपुर अदालतमा उपस्थित भएका छन्। मंगलबारबाटै अदालतले उनको बयान लिन सुरु गरेको छ। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।
बाँकेको जानकी गाउँपालिका–६ कपासी गाउँका यादव परिवार न्यायको पर्खाइमा छ । प्रहरी हिरासतमा रहँदा भदौ ७ गते अचेत भएपछि यादव परिवारको जेठो सन्तान ३० वर्षीय राममनोहर यादवको उपचारका क्रममा भदौ १५ गते मृत्यु भएको थियो।
धरानको वडा नं ६ पानवारीबाट अत्याधुनिक अतियारसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कोशी ब्यूरो सदस्य देवकुमार लिम्बूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप भएको छ। लिम्बुलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ६ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए।
आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।
रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्नलाई १० दिनको म्याद थप गरिएको छ। चार चिनियाँ रुद्राक्ष व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन तान्वीन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेले जानकारी दिए। उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको राजनीतिक आस्था स्पष्ट थियो । भर्खर ३० वर्ष नाघेको भनिएका राम हालसम्म शान्तिपूर्ण रहेको ‘स्वतन्त्र मधेस’ आन्दोलनका प्रतिबद्ध कार्यकर्ता थिए ।
पछिल्लो समय पर्यटनमन्त्री हुँदा सुरक्षागार्ड सहितभोजपुरको टक्सार विमानस्थल पाइला टेकेका नेकपा चन्दका नेता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) चौथोपटक भोजपुरमा पाइला टेक्दा भने माहोल फरक थियो।
प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन्।
दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
निषेधित क्षेत्र तोडेर अनशन थालेको भन्दै पक्राउ परेका डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन्। केसीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै प्रहरी कार्यालयभित्रै अनशन थालेको जानकारी दिए।