९ मंसिर २०८१ आइतबार
image/svg+xml

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन्। बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए।

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ अभियुक्तद्वारा हिरासतमै आत्महत्या

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्।

सिआइबी हिरासतमा ‘भिलेन’सँग एक घण्टा

‘रिल लाइफ’मा दर्जनौंपल्ट प्रहरी खोर पुगेका नेपाली फिल्मका खुंखार भिलेन राजेन्द्र खड्गी यतिबेला ‘रियल लाइफ’मै प्रहरी हिरासतभित्र छन्। २० दिनयता काठमाडौं, महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा उनको दैनिकी कटिरहेको छ।

दरबारमार्गका डीएसपी परिसर तानिए, इन्सपेक्टर हिरासतमा

आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

हिरासतमै अनशन

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रहरी हिरासतमैै अनशनलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर सोमबार १४औं अनशन थालेका केसीलाई त्यसको केही घन्टामै अदालतको अपहेलना आरोपमा गिरफ्तार गरिएको थियो ।

डा. केसीलाई हिरासतमै राखिने, बहस भोलिमात्र

अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराएर बयान लिइएको थियो। थुनछेकको बहस हुन नसकेपछि उनलाई प्रहरी हिरासतमै राखिने छ।

प्रहरी हिरासतमै आरोपीको मृत्यु

झापाको गौरीगञ्जको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना आरोपीको मृत्यु भएको छ।  सार्वजनिक मद्दाका आरोपी गौरीगञ्ज गाँउपालिका– ३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादव मृत फेला परेका हुन्। यादवको शव विहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

नाइके फरार निर्दाेष हिरासतमा

लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीमा फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा खुलेको हो।

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

अख्तियारको हिरासतमा डिएसपीसहित ४ प्रहरी

भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पूर्व सैनिकसँग १० लाख रुपैयाँ उठाउन खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

गोरखाको प्रहरी हिरासतबाट भागे तीन अरोपी

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट गएराती तीन जना आरोपी भागेका छन्। सार्वजनिक अपराधमा सजाय भोगिरहेका गोरखा नगरपालिका ६ का दिपेस मजाकोटी, भिमसेन गाउँपालिका ३ तान्द्राङका अभिषेक अधिकारी र सन्दिप सुर्खेती सौचालयको झ्यालबाट भागेको प्रहरी निरीक्षक रामचन्द्र शाहाले बताए।

हिरासतमा भएको मृत्युलाई लुकाउन खोजेको भन्दै एसपी सहित तीनलाई बिभागीय कारवाही सुरु

आफ्नो नियन्त्रणमा रहेका एक ब्यक्तिको मृत्युलाई वेवारिसे शब भनेर दाङ प्रहरीले सार्वजनिक गरेको घटना गलत प्रमाणित भएपछि प्रहरी प्रमुख दुर्गा सिंह चन्द लगाएत तीन जना माथि बिभागीय कारवाही सुरु भएको छ।

‘बिप्लप’ माओवादीको आरोप पत्रकार नौ दिनदेखि हिरासतमा

जनता टेलिभिजनका पत्रकार विकास भट्टराईलाई ‘बिप्लव’ माओवादीको कार्यकर्ता भएको आरोप लगाएर एक साता देखि जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखेको खुलेको छ।

एकै हिरासतमा चक्रे र मनाङे

एकअर्काका प्रतिस्पर्धी दिपक मनाङे र चक्रे मिलन आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पटकपटक पक्राउ परे । तर, कहिल्यै एकै हिरासतकक्ष र जेलमा परेनन् । स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती बढाएको भन्दै पक्राउ परेका उनीहरू मंगलबारबाट भने महानगरीय प्रहरी परिसरको एकै हिरासतकक्षमा पुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्