‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’
नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।