३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रदेशको समृद्धिका लागि जनप्रतिनिधि लाग्नुपर्छः शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूल लाग्नु पर्ने बताएका छन्।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।

आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।

आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्छः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्ने बताएका छन्।

भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्नेमा जोड

प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विकास र समृद्धिका लागि भेरी र कर्णाली करिडोर सञ्चालनमा ल्याइनुपर्ने बताएका छन्।

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उनले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताए।

प्रदेश प्रमुखलाई प्रदेश १ को विपक्षी गठबन्धनको ध्यानाकर्षण

प्रदेश १ को सरकार संविधान विपरित गठन र सञ्चालन भएको भन्दै प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ। बुधबार ५ दलीय गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर ध्यानाकर्षण गराएको हो।

'संविधानभन्दा माथि कोही पनि हुन सक्दैन'

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्।

अस्थिर पद 'प्रदेश प्रमुख'

गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक्त गरेको छ।

राष्ट्रपतिद्वारा २ नम्बर प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रदेश २ प्रमुख: झाका ठाउँमा मिश्रको सिफारिस

नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँका हुन्। नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा उनी २०४८ सालमा महोत्तरीबाट सांसद निर्वाचित भएका थिए।

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।

लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः सरकार वैध छैन

‘किर्ते हस्ताक्षर गरेर १६८ को १ अनुसारको सरकार दाबी गरिएको सरकार २ अनुसार पनि अहिले छैन,’ उनले भने, ‘फलतः यो सरकारको वैधानिकतामाथि प्रदेश प्रमुखले एक्सन लिनु पर्ने सुझाव गठबन्धनका तर्फबाट दिईएको छ।’

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्