७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभ्य समाज निर्माणका लागि सबै वर्ग र समुदायको समुचित विकास हुनु आवश्यक भएको बताएका छन्।

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उनले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताए।

विभिन्न कारणबाट एक्लो महसुस गर्दै मानिस सडक मानवका रुपमा पुग्ने गरेको बताउँदै उनले उनीहरूलाई त्यसबाट मुक्त गर्दै सामाजिक जीवनमा पुनःस्थापित गर्ने काम मानवसेवा आश्रमले गरिरहेको बताए। समाजमा सबैले समान अधिकार उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले एकापसमा हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मानवसेवा आश्रमबाट सडक मानवमुक्त समाज निर्माणका लागि चालिएको अभियान प्रशंसनीय भएको बताउँदै मानवसेवा आश्रमलाई कहिल्यै अध्याँरो हुन नदिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा भागवत्भाष्कर कमलनयन गौतम, रमण भट्टराई, चिरन बराललगायतले भवन निर्माण अभियानलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १६ कार्तिक २०७८ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App