१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

काठमाडौंमा तीन दिनको खर्च दुई रुपैयाँ !

बेल ब्वायका रूपमा पर्यटन क्षेत्रमा पसेका धादिङका सरोज न्यौपाने कहिले भरिया बने त कहिले ट्रेकिङ गाइड अनि कहिले क्लाइम्बिङ गाइड। उनले धेरै अनुभव सँगालेका छन्। समयसँगै उनी कम्पनीका मालिक बने। त्यति मात्र होइन, मुलुकको पर्यटनलाई गति दिने खाका समेत प्रस्तुत गर्न सक्ने भैसके।

सय रुपैयाँ बोकेर काठमाडौं !

माओवादी जनयुद्धका कारण संकटकाल लागु भएका बेला सय रुपैयाँ बोकेर नुवाकोटबाट काठमाडौं झरेका ऊर्जा तामाङको जीवनसंघर्ष रोचक एवं प्रेरणादायी छ। समयक्रममा उनी स्थापित पर्यटन व्यावसायी बनेका छन्।

‘पर्यटन चले गाइड, नत्र किसान’

बबरसिंह दुलाल, पर्यटनमा लागेको दुईदशक भयो। लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा उनको स्थायी घर छ। पोर्टर (भरिया) बाट उनले पदयात्रा थाले, कोरोना भाईरस महामारी फैलिनुअघिसम्म उनी पदयात्राका अनुभवि गाइड बनिसकेका थिए।

पर्यटन क्षेत्र कसरी माथि उठ्ला ? यसो भन्छन् पर्यटन बोर्डका पूर्वसिइओ जोशी

नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले बताएका छन्।

‘सरकारले ट्रेकिङ गाइडलाई राहत नदिए आन्दोलन गर्छौं’

आम्दानी नहुँदा र भविष्य अन्यौल देख्दा कतिपय साथीहरू डिप्रेसनमा गइसके। कोही अल्कोहोलिक बनेका छन्। कोही त्यत्तिकै जंगलमा गएर एकान्तमा बस्न थालेका छन्। हामीलाई कता जाऔं के गरौं भइसक्यो।

अन्योलग्रस्त बन्दै पर्यटन क्षेत्र

अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सहित लामो दूरीको सवारी सञ्चालन होला र व्यवसाय सुचारु गरौंला भन्ने तरखरमा रहेका व्यवसायी अब भने के र कसो गर्ने भन्ने दोधारमा छन् ।

करबाकेलीका सेवक

बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले करबाकेली क्षेत्रको सामाजिक विकासमा गरेको योगदान अनुकरणीय छ। ढल्कँदो उमेरमा पनि तन्नेरी जोस बोकेर उनी म्याग्दीको काफलडाँडामा क्रियाशील छन्।

‘हुँगा भ्याली एभरेष्ट ट्रेक’ प्रर्वद्धन गरिने

‘पहाडी विकास तथा संरक्षण समूह, नेपाल’ले यस पदमार्गको वृत्तचित्र, बुकलेट र पर्यटकीय नक्सा उत्पादन गरेको छ। उसले आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने योजना बनाएको छ।

शिक्षण पेशा छाडेर टि–टुरिजम अभियानमा रमेशचन्द्र

एकेडेमिक सर्टिफिकेटलाई हेर्ने हो भने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका रमेशचन्द्र राई कुनै शैक्षिक संस्थामा विद्यार्थीलाई पढाइरहेको हुनुपर्ने हो । तर समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण रमेशचन्द्र हाल टि–टुरिजम (चिया पर्यटन) अभियानमा जुटेका छन् । करिब १५ वर्षे शिक्षण पेशालाई छाडेर राई गाउँकै खाली जग्गा र नांगो पाखामा चिया खेती विस्तारमा लागेका हुन् ।

अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’

चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ ।

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

डोटीको गौरव रानढुङ्गा

ढुङ्गामा सहस्रलिङ्ग कुँदिएको छ। यिनको दर्शनले मनमा चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यसैले जनैपूर्णिमाको अघिल्लो दिन यहाँ ठूलो मेला लाग्छ। प्राकृतिक हिसाबले समेत मनोरम रहेको यस क्षेत्रमा कुडीगडा ताल पनि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्