१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्यटन व्यवसायी भन्छन्ः अझै दुई वर्ष ऋण तिर्न सक्दैनौँ

कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकोले दुईवर्ष समय थपिदिन पर्यटन व्यवसायीले राष्ट्रबैंक समक्ष आग्रह गरेका छन् ।

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

‘अमेजिङ मोटर र्‍याली–२०२१’ चितवन प्रस्थान

रोटरी क्लब अफ वाग्मती काठमाडौं र केजिएच फाउन्डेसनको आयोजनामा भएको र्‍याली पहिलो दिन काठमाडौंबाट सुरु भएर भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी परिक्रमा गरी थानकोट, नागढुंगा, गजुरी, मुग्लिङ, चितवन, नारायणघाट हुँदै सौराहा पुगेको हो।

एक करोड खर्चमा बनेकाे 'नाचघर'

पर्यटन विकासका लागि त्यहाँ नाचघर निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । आइतबार मात्रै निर्माण सम्पन्न भएको नाचघर लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग

लकडाउनमा बाहिरी आउजाउ बन्द भएको मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायो। सोही योजना अनुसार अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

होटल मजदुरको नयाँ पारिश्रमिक तोकियो

कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्रमा कार्यरत मजदुरले काममा फर्किन नपाएको अवस्थामा पनि न्यूनतम पारिश्रमिक पाउने भएका छन् ।

पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’

पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं पर्यटक आउँछन् ।

कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित

नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।

पर्यटनमा कठिन दिनको संकेत

कोरोना भाइरस संक्रमणका कारण झन्डै एकवर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो । तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस र त्यसको तिब्र संक्रमणसँगै निराशामा बदलिएको छ ।

पर्वतीय पर्यटनको सम्भावना छ, तर सामान छैनन्

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न क्लाईम्बिङ महत्वपूर्ण हुने भएपनि सम्बन्धित निकायले कमै मात्रै चाँसो दिएका छन् ।

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।

कोरोना सँगसँगै ‘जाऊँ है पोखरा अभियान’ सुरु

कोरोना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मङ्सिर २४ देखि २७ गतेसम्मका लागिण् भ्रमण कार्यक्रम सुरुआत गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

दुई सय वर्षको ऐतिहासिक धरोहर : मौजा आँटीघर

कास्कीको पर्यटकीय गन्तव्य मौजा आँटीघर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पोखरा बजारदेखि करीब १५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा पर्ने पोखरा महानगरपालिका वडा नम्बर २० मा पर्ने मौजा आँटीघर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो।

निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्