१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोना सँगसँगै ‘जाऊँ है पोखरा अभियान’ सुरु

सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले आजदेखि चारदिने ‘जाऔं है पोखरा अभियान’ सुरु गरेको छ। 

कोरोना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मङ्सिर २४ देखि २७ गतेसम्मका लागिण् भ्रमण कार्यक्रम सुरुआत गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।  

जनकपुर, पर्सा, वीरगन्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ।  

पहिलो दिन वीरगन्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ।  

संघले १८ वर्षदेखि सो अभियान सञ्चालन गरिरहेको छ। कोरोना महामारीका कारण सुस्ताएको  पर्यटन जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए।  

अभियानमा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार  सहभागिता रहनेछ।  

सङ्क्रमण जारी रहे पनि कोरोना सँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔं है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७७ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App