दुई लाख मूल्यकाे सामान बरामद
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सीमावर्ती विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका करिब दुई लाख मूल्यबराबरको सामान बरामद गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, सुपारी र पाँच थान साइकलसमेत गरी अन्दाजी रु एक लाख ७१ हजार बराबरको सामान आइतबार राति बरामद गरेको जनाएको छ ।