२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

जसपाको संसदीय दलको बैठक सुरु, प्रम देउवालाई विश्वासको मत दिनेबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ।

काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

एमाले संसदीय दलको बैठकः नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने, ओली पक्षले नदिने

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठक सकिएको छ।

कांग्रेस संसदीय दलको बैठक वैशाख २५ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ।

एमाले संसदीय दलको बैठक सुरु, बामदेव गौतम पनि सहभागी

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्।

जसपाको संसदीय दलको बैठक सकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सकिएको छ। शुक्रबार सिहंदरबारस्थिति संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै ठोस निर्णय नगरेको जसपा सांसद एकवाल मियाँले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्