१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति

बोलायो संसदीय दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ। आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो।  

यसबारे विस्तृत छलफल गर्न एमालेले आफ्नो संसदीय दलको बैठक समेत बोलाएको छ। आज दुबै सदनको बैठक बस्दै छ।  प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ। त्यसअघि एमालेले आफ्नो संसदीय दलको बैठक दिउँसो १ बजेलाई बोलाएको हो।  

नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जवाफ माग्ने तयारी गरेको बताइएको छ। 

प्रकाशित: २० असार २०८० ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App