१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले व्याख्यात्मक टिप्पणीको मस्यौदा वाचन गरेर सुनाएका थिए। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो मस्यौदाको व्याख्या गरेको सांसद सुदन किराँतीले जानकारी दिए। व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद् बैठकले पारित गरेपछि टिप्पणीसहितको सम्झौता अनुमोदन गर्नेमा पार्टीभित्र एकमत रहेको उनले जानकारी दिए।

बैठकमा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठन भएको वर्तमान गठबन्धनलाई कायम राख्न व्याख्यात्मक टिप्पणीलाई एमसिसी सम्झौताको अङ्ग मानेर संसद्मा टेबल भएको सम्झौतालाई अनुमोदन गर्नुपर्ने बताएका थिए। रासस

प्रकाशित: १५ फाल्गुन २०७८ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App