२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।  केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।  सुन तस्करीमा मन्त्रीहरूले पनि जिम्मेवारी लिनु पर्ने एमालेकाे धारणा रहेकाे प्रमुख सचेतक गिरीले बताए। 

'बैठक १२ बजे बस्छ। यही सुन तस्कारीको बारेमा छलफल गर्ने दलको बैठक बोलाइएको छ,' गिरीले भने, 'क्विन्टल का क्विन्टल  सुन तस्करी भएको छ।  त्यसमा सरकारकै कर्मचारी संलग्नता छ। अर्थमन्त्रालय मातहतको भन्सार विभागका कर्मचारीकै संलग्नता छ। सामान्य कर्मचारीको कुरो मात्र होइन त्यसमा मन्त्रीहरुले पनि जिम्मेवारी लिनुपर्छ। अर्थमन्त्रीले जिम्मेवारी लिनुपर्छ। '

प्रमुख सचेतक गिरीलाई आज बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध पुर्याउने तथा गृह र अर्थमन्त्रीको राजिनामा माग्ने हाे ? भनी प्रश्न गर्दा सरकारको जिम्मेवारी र कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्ने बताए।  

'गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्नेबारे अहिले नबोलौं, पहिले हाम्रो दलको बैठक बस्छ। मन्त्रीहरुले पनि यस प्रकरणको जिम्मेवारी लिनुपर्छ भन्ने एमालेकाे धारणाा हाे। त्यसमा सरकार कसरी प्रस्तुत हुन्छ त्यसकै आधारमा बाँकी टुंगो लाग्छ।' उनले भने। आज १ बजे प्रतिनिधि सभाकाे बैठक बस्दै छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारैे गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने  बताएका थिए। उनले सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको बताउँदै सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने बताएका थिए। उनले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिएका थिए।

प्रकाशित: १० श्रावण २०८० ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App