१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाको संसदीय दलको बैठक सकियो

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सकिएको छ। शुक्रबार सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै ठोस निर्णय नगरेको जसपा सांसद एकवाल मियाँले जानकारी दिए।

उनकाअनुसार बैठकमा पार्टीका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। यस्तै, नेताहरुले आज कांग्रेससँग हुन लागेको भेटबारे पनि जानकारी गराएका थिए।

आजको बैठकले संसदीय दलको विधान पारित गर्ने भनिएपनि त्यसको मस्यौदाका लागि थप समय लाग्ने भएकाले पारित हुन सकेन। यस्तै, संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा पनि कुनै निर्णय नगरेको सांसद् मियाँको भनाई छ।

आफूहरुका माग सम्बोधन नभएसम्म सरकारमा नजाने जसपाको अडान छ। पार्टीका शीर्ष नेताहरुले प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटलाई तीव्र पारेका छन्। आजमात्र कांग्रेस र जसपाका नेताहरुबीच अपराह्न ४ बजे भेटवार्ता हुँदैछ। यसअघि बिहीबार साँझ उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीसँग भेटवर्ता गरेका थिए।

जसपाले संविधान संशोधन र रेशम चौधरीको रिहाइलाई प्रमुख एजेण्डा बनाएको छ।

जसपाले नयाँ सरकार गठनका लागि सबै पक्षसँग वार्ता गर्ने र जसले आफ्ना माग सम्बोधन गर्छ सोही पक्षसँग मिलेर अघि बढ्ने रणनीति अख्तियार गरेको छ।

प्रकाशित: २८ फाल्गुन २०७७ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App