२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले  हिजो  सकिएको केन्द्रीय कमिटी बैठकको निर्णयहरूको जानकारी गराएको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिएका छन।

त्यसैगरी ‘बैठकमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको रिपोर्टिङ गरेको पनि नेता सापकोटाले बताए।  

आजै संसद्को गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालसहित शीर्ष नेतालाई बोलाएको पनि बताइएको छ।सभामुख घिमिरेको कार्यकक्षमा बस्ने बैठकमा संसदीय समितिको सभापति चयनबारे पनि छलफल हुने बुभिएको छ।

प्रकाशित: २२ श्रावण २०८० ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App