१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको बैठकः नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने, ओली पक्षले नदिने

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठक सकिएको छ। बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।  

यस्तै, माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने भएकाे छ भने ओली पक्षले विश्वासको मत नदिने निर्णय गरेको छ।  

बैठकमा ओली पक्षका ७ जनाले विश्वासको मत नदिने भन्दै असहमत जनाएका छन्।

सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिए पश्चात मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदैछन्।

यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले मंगलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना छन्।  

एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन्। पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्ने छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App