१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघिको अन्तरिम आदेश निष्क्रिय गरेपछि न्यायाधीशबीच राय बाझिएको छ।

गौतमलाई बाटो खुल्यो

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

अब भर्चुअल बैठक गर्ने कि ?

अहिले संसद सचिवालयमा कोरोना संक्रमण बढ्दै गए पनि समितिका बैठकमा भर्चुअल नगरी भौतिक दूरी कायम गरी बसेका छन् भने संसद सचिवालयको प्रशासनिक काम पनि भौतिक दूरी कायम गरी अघि बढाइएको छ।

वामदेवलाई मन्त्री बन्न बाधा

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि वामदेव गौतमले राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न पाउनेछन् तर संवैधानिक इजलासले मुद्दा टुंगो नलगाउँदासम्म उनी मन्त्री बन्न भने पाउने छैनन्।

राष्ट्रपतिबाट पत्र आएको आधा घण्टामै शपथ

संघीय संसद् सचिवालयमा शुक्रबार राष्ट्रपति कार्यालयबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेको पत्र आइपुग्नासाथ शपथ ग्रहण गराइएको छ ।

गौतम सरकारमा जाँदा गृह कि अर्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि सरकारमा लैजानुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परेका छन् ।

ओलीलाई अर्को धक्का, राष्ट्रियसभामा फेरि गौतम सिफारिस

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै ओली दलभित्र आफूलाई जोगाउन सफल भए पनि आफ्ना विश्वासप्राप्त अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पुनः सांसद बनाउने उनको योजनामा बिराम लागेको छ।

राष्ट्रियसभामा समितिका पदाधिकारीको पद रिक्त हुँदै

राष्ट्रियसभाका चार समितिको कार्यवधि सकिन ४ दिनमात्र बाँकी छ। समितिको कार्यवधि समाप्त भएपछि समिति सभापति र सदस्यको पद रिक्त हुनजानेछ। ४ दिनभित्र समिति नयाँ प्रक्रियाबाट गठन नभएमा समिति अस्तित्वविहीन हुनजानेछ।

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

वास्तविक मधेसी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको : रामनारायण बिडारी

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले वास्तविक मधेसी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याएको बताएका छन् ।

हाच्छ्युँ गरेर कोरोना जाने भए १० अर्ब किन खर्च गरियो?

नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन्। प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्दै प्रश्न गरे।

राष्ट्रियसभाबाट चारवटा विधेयक स्वीकृत

राष्ट्रियसभाले चारवटा विधेयक सर्वसम्मतीले स्वीकृत गरेको छ । सभाले आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ स्वीकृत गरेकाे हो ।

राष्ट्रियसभाकाे बैठक बिहान ११ बजेदेखि बस्दै

बिहान ११ बजेदेखि बस्ने राष्ट्रियसभाकोबैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने भएका छन् ।

‘मौलिक हकका नियमावली कहिलेसम्म आउँछन् ?’

राष्ट्रिय सभाको आजको बैठकमा सांसद प्रकाश पन्तले मौलिक हकका नियमावली कहिलेसम्म आउँछन् भनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेसँग स्पष्टीकरण माग गरेका छन् । उनले भने, ‘कतिपय मौलिक हकका नियमावलीहरू अहिलेसम्म नबनाइएकाले मौलिक हकको कार्यान्वयनमा चुनौती थपिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्