६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाबाट चारवटा विधेयक स्वीकृत

राष्ट्रियसभाले चारवटा विधेयक सर्वसम्मतीले स्वीकृत गरेको छ । सभाले  आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ स्वीकृत गरेकाे हो ।

 बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७७,  राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत ९चौबीसौं संशोधन० विधेयक, २०७७  माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत  गरेका थिए ।

त्यस्तै,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त  ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रियसभाकाे अर्काे बैठक असार ८ गते बस्ने भएकाे छ ।

प्रकाशित: ५ असार २०७७ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App