२९ वैशाख २०८१ शनिबार
image/svg+xml

निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र

मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।

‘भिभिआइपी सवारीमा सडक बन्द नगर्नू’

सर्वोच्च अदालतले अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सवारीका नाममा सडक बन्द गराउन नपाउने गरी परमादेशको आदेश जारी गरेको छ।

विशिष्टको उपचार वीरमै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले उच्च पदस्थ नेता तथा अन्य विशिष्ट व्यक्तिको उपचारका लागि भिआइपी र भिभिआइपी कक्ष विस्तार गरेको छ। सरकारी ओहोदामा रहेका जोकोहीले सरकारी खर्चमा उपचार पर्दा वीरकै भिआइपी र भिभिआइपी कक्षमा गर्नुपर्ने व्यवस्था गरिएकाले क्षमता विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ।

‘भिभिआइपी’ भ्रमणले पाहुना बढ्ने आस

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार मोटरबोट चढेर फेवाताल सयर गरिरहँदा लेकसाइडका पर्यटन व्यावसायी भन्दै थिए– भिभिआइपी पाहुनाको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्छ। पाहुनाको आफ्नो मुलुकका मात्र नभई अन्य राष्ट्रका पाहुनालाई पनि घुम्नका लागि भिभिआइपीको भ्रमणले प्रोत्साहन गर्छ।

चिनियाँ राष्ट्रपति आउने भएपछि सडक मर्मत

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्। सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ।

भिभिआइपी हेलिकोप्टर खरिदमा साढे १४ करोड अतिरिक्त व्ययभार

नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकोप्टर अगस्टा वेस्टल्याण्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ।

रित्तो हात आए, धुलोमात्रै उडाए

बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन्। तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्गलगत भ्रमणमै व्यस्त छन्। प्रधानमन्त्री देखि शीर्ष नेताहरूको प्रभावित क्षेत्रको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको छ। पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूको लगातारको आउजाउले सुरक्षाकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ।

राष्ट्रपति किन सधैं विवादमा ?

सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए।

भिआइपीको सुरक्षा सवाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भिभिआइपी र भिआइपी) को सुरक्षा सावधानीबारे थुप्रै सवाल÷प्रश्न उठेका छन्। एक हिसाबले भन्ने हो भने अतिविशिष्ट एवं विशिष्ट व्यक्तिको आवागमनमा के–कस्ता सावधानी अपनाउनुपर्ने भन्ने पनि बहसको विषय भएको छ।

भिभिआइपीलाई चार महँगा हेलिकोप्टर

नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ। तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ।

भिभिआइपीको विद्युतीय कार मोह, रहर कि आवश्यकता ?

न डिजेल–पेट्रोल भर्न नै लाइनमा बस्नुपर्ने न त कुनै वायु प्रदुषण हुने। यस्ता झमेलाबाट दिक्क सवारीसाधनका सौखिनहरूको ध्यान यतिबेला विद्युतीय सवारीसाधनले तानिरहेको छ। एक दशक अघिसम्म काठमाडौं उपत्यका सडकमा छिटफुट रूपमा मात्रै केही विद्युतीय स्कुटर मात्रै देखिन्थ्यो। तर, अहिले समय फेरिएको छ। अहिले काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका पनि विद्युतीय सवारीसाधन चल्न थालेका छन्।

डेढ अर्बको हेलिकोप्टर, सुत्केरी बोक्न पनि प्रयोग हुने

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्।

भिभिआइपी सवारीमा जनतालाई सधै सास्ती

जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ ।

भिभिआइपीको सवारीमा जनताले दुःख नपाउने गरी पूर्वाधार बनाउँछौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथि (भिभिआइपी)को सवारीमा जनताले दुःख नपाउनेगरी पूर्वाधार निर्माण गरिने बताएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनाको सवारीले आफूहरुले दुःख पाएको भन्दै आम सर्वसाधारणले विरोध गरेपछि ओली सरकार आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने निष्कर्षमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्