१ मंसिर २०८१ शनिबार
image/svg+xml

जहिल्यै उत्खनन विवाद

विगतमा विवादित बन्दै आएको नदी पैदावर उत्खननको काम यसपाला पनि सुरुमै विवादित बनेको छ। आफूहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेका नदी तथा खोलाहरूलाई स्थानीय सरकारहरूले आफूखुसी प्रयोग गर्न थालेकाले विगतदेखि नै यस्तो समस्या देखिएको हो।

पप्पुको रिट खारेज

मुलपानी–तेलपानी हुँदै बर्दियाको भुरिगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।

काली नदीको मुहान नैसीमा

हालसालै भारतीय नक्साकारहरूले तथाकथित भारतको नक्सा कोर्दा शताब्दियौँ पुरानो नेपाली सीमाको इतिहास पढेका रहेनछन् वा पढ्ने सोचै राखेनन् कि ?

बजेट अभावमा तटबन्धन सुस्त

नारायणी नदीमा तटबन्धन गर्न थालिएको दशक पुग्न लाग्यो। आर्थिक वर्ष ०६६/६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएपछि नदीमा तटबन्धन गर्ने काम कार्यालय स्थापनासमेत गरियो। नदी तटबन्धनको काम सोही बेलादेखि सुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन।

तस्बिरमा सुनकोशी बस दुर्घटना

सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।

देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

कोशी नदीमा हाम्फालेकी महिलाको उद्धार

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।

कालिगण्डकी नदीमा युवक बेपत्ता

वल्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नेक्रममा एक कर्मचारी कालिगण्डकी नदीमा बेपत्ता भएका छन्। इन्टरनेटको तार तान्ने क्रममा २४ वर्षिय जय किशोर यादव कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बच्चासहित नारायणीमा हाम फाल्नेको पहिचान हुन सकेन

तिहारको लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन। उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ।

सडेको अवस्थामा शव फेला

सेती नदीमा सडेको अवस्थामा शव फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा पुरुष जस्तो देखिने शव फेला परेको हो।

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउन लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता म्याद सकिएपछि पटकपटक गरी तीनपटकसम्म म्याद थपिएको थियो। तीन–तीनपटक म्याद थप्दासमेत पुलको काम ३५ प्रतिशत मात्र सकिएको छ।

उपत्यकाका नदी सरसफाइ

सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो। सफाइमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सहभागिता थियो।

जोखिम मोलेर डुङ्गाबाट वारपार गर्न बाध्य

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।

भेरी नदीमा बगेर मृत्यु, ६ घर विस्थापित

जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो। बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्