१ मंसिर २०८१ शनिबार
image/svg+xml

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

राप्ती नदी तर्ने क्रममा एक बेपत्ता

राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन्।

नारायणी नदीमा दशैँ अघि दुई तले क्रुजको परीक्षण

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

पुल नहुँदा समस्या

कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडाका बासिन्दालाई कान्द्रा नदीमा पुल नहुँदा समस्या भएको छ । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिन भएको हो ।

त्रियुगाले बगाएर वृद्धको मृत्यु

उदयपुरको त्रियुगा नदीमा डुबेर सोमबार एक वृद्धको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का ६५ वर्षीय राजाराम विकको नदी तर्ने क्रममा त्रियुगामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सेती नदीमा डुबेर सातले ज्यान गुमाए

डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्।

' कहिल्यै निको नहुने घाउ'

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

राजस्व घोटाला छानबिन गर्न समिति

नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

ज्ञानदीपको जित

ज्ञानदीपले बिहीबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ज्ञानदीपले इस्ट पोललाई १७–४ ले पराजित ग¥यो । ज्ञानदीपका केशव मगरले ६ अंक जोडे ।

कमजोर तटबन्ध भत्कियो, दुई अर्ब खेर

सामान्यतः लन्चिङ, स्पट, स्पर र ड्यामसहित बनेका तटबन्धको आयु २५ वर्ष हो। प्राविधिकका अनुसार नदीमा बाढी नआएको सामान्य अवस्थामा लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध ५० वर्षसम्म टिक्छ। तर सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध दुई वर्ष नबित्दै भत्किन थालेको छ।

त्रिशूली नदीमा महिला र बालकको शव फेला

तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ। नदी किनारमा शुक्रबार अन्दाजी २५÷२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

छोराछोरीसहित आमाले फालिन् नारायणीमा हाम

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।

पुल बगाउँदा आवतजावत ठप्प

अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ। तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्