११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशूली नदीमा महिला र बालकको शव फेला

तनहुँ  - तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ। नदी किनारमा शुक्रबार अन्दाजी २५÷२६ वर्षीया महिला र छ÷सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन। नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App