२ मंसिर २०८१ आइतबार
image/svg+xml

महाकाली नदीमा पानीको बहाव बढ्यो

सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

राप्ती नदी कटानले विस्थापित हुँदै स्थानीय

नदी नियन्त्रणका लागि दुवैतर्फ पक्की तटबन्ध बनाउन आफूहरूले मन्त्री, सांसद र कर्मचारीलाई बारम्बार सुझाव दिँदा पनि संघीय सरकारले असार महिनामा बजेट पठाएर सिध्याउने काम मात्रै गरेको पीडित किसान बताउँछन्।

लखन्देही खोलामा अवैध उत्खनन

जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि लखन्देही खोलामा भने गिटीबालुवा निकाल्ने क्रम निरन्तर भइरहेको छ।

बागमतीको डरलाग्दो कटान

हालसम्म सयौं विगाह खेतियोग्य जमिन कटान गरेर झारिसकेको र समयमै नियन्त्रण नगरे खोला बस्तीमै पस्ने त्रासले स्थानीय चिन्तित बनेका छन्। तत्काल पक्की तटबन्ध निर्माण नगरे नदी सोझै बस्तीमा पस्ने जोखिम बढेको स्थानीय ईन्द्र न्यौपानेले गुनासो गरे।

हाते औजारले बालुवा निकाल्न पाउनुपर्ने माग

नदीबाट हाते औजार प्रयोग गरी बालुवा निकाल्न पाउनुपर्ने माग राखेर श्रमिकहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका छन्।

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।

बर्सेनि रुवाउँछ तमोरले

हिउँदमा निलो र शान्त बग्ने तमोर नदीसँग गाँसिएर अनेकन सम्झना र बिम्बहरू पाइन्छ। तर, जब बर्खा लाग्छ, यही शान्त नदी धेरैको आँसुको कारक बन्छ। यसपटक पनि यही क्रमले निरन्तरता पायो।

सेतीमा डुबेर बालकको मृत्यु

सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। शनिबार जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारका मोतिलाल विश्वकर्माका १२ वर्षीय छोरा विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

बुढीगंगा नदी थुनिने खतरा

जिल्लाको ठूलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा द्धवारीमा नदी थुनिने खतरा बढेको हो। त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो। नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

मादी पुल निर्माणको म्याद दोस्रोपटक थप्ने तयारी

सम्झौताअनुसार तोकिएको समयमा काम नगरेका ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको छ। मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो।

सुकुमबासी बस्तीको सदाबहार बाढी दु:खान्त (भिडियो)

कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।

अवैध ढुंगा झिक्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा रोक भएपनि सिरहाको विभिन्न नदीमा नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन्।

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ। स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्