६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सांकेतिक तस्बिर

सिन्धुपाल्चोक– खेल्ने क्रममा खोलामा पुगेको बल लिन जाँदा सुनकोसी नदीले बगाएर बिहिबार एक विद्यार्थी बेपत्ता बनाएको छ। जिल्लाको बलेफी गाउँपालिका–७ खाडिचौरस्थित बालशिक्षा माविको कक्षा सातमा अध्ययनरत विद्यार्थी विजय नेपाल सुनकोसीमा बेपत्ता भएका हुन्।

बिहान ९ बजेतिर विद्यालयमा उनी बल खेलिरहेका थिए। खेलिरहेको बल गुडेरनजिकैको सुनकोसीमा पुगेपछि उनी लिन नदीमा छिरेका थिए।

विद्यालयका शिक्षक हरेराम नेपालले बेपत्ता विद्यार्थीको खोजी भइरहेको बताए। लामोसाँघु प्रहरी चौकीका सुरक्षाकर्मी, विद्यालयका शिक्षक र स्थानीय बेपत्ताको खोजिमा जुटिरहेका छन्। 

प्रकाशित: १६ श्रावण २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App